एभरेष्ट कलेजमा सिमित सिटमा कक्षा ११ काे भर्ना, गुणस्तरीय शिक्षालाई प्राथमिकता

Logo
भोजराज घिमिरे आइतबार, आषाढ १५, २०८२

एभरेष्ट कलेजमा सिमित सिटमा कक्षा ११ काे भर्ना, गुणस्तरीय शिक्षालाई प्राथमिकता

विराटनगर, असार १५
विराटनगर–५ स्थित एभरेष्ट कलेजले आगामी शैक्षिक सत्रका लागि कक्षा ११ मा सिमित सिटमा मात्र विद्यार्थी भर्ना लिने भएको छ। विज्ञान तथा व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको कलेजले विज्ञान संकायमा ४ सेक्सनमा १४० र व्यवस्थापन संकायमा ३ सेक्सनमा १०५ विद्यार्थी मात्र भर्ना गर्ने जानकारी दिएको छ।

कलेजले प्रत्येक कक्षामा ३५ जना विद्यार्थी मात्र राख्ने अभ्यास गर्दै आएको छ। पूर्ण रुपमा वातानुकूलित र डिजिटलाइज कक्षा कोठा, प्रविधिको भरपूर प्रयोग, सुविधासम्पन्न भौतिक संरचना, अनुभवी प्राध्यापक, अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण तथा अतिरिक्त क्रियाकलापमार्फत एभरेष्ट कलेजले विद्यार्थी तथा अभिभावकमाझ आकर्षण बढाउँदै आएको छ।

कलेजका प्रिन्सिपल टिकाराम पुरीले भने, “हामी विद्यार्थीको संख्या धेरै बनाउने होइन, गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने लक्ष्यमा छौं। निर्धारित कोटा भन्दा बढी एक जना विद्यार्थी पनि भर्ना गर्दैनौं।” उहाँले विद्यार्थीलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने उद्देश्य रहेको बताए।

एभरेष्टले यस वर्षदेखि कृत्रिम बौद्धिकता (AI), साइबर सुरक्षा जस्ता युग सापेक्ष विषयहरू समावेश गर्दै कक्षा सञ्चालन गर्ने योजना ल्याएको छ। विद्यार्थीको निरन्तर प्रगति सुनिश्चित गर्न ‘माई सेकेण्ड टिचर’ एप्लिकेशनको समेत प्रयोग गरिएको छ, जसबाट विद्यार्थीले मोबाइल वा ग्याजेटमार्फत सिकाइ दोहोर्याउने सुविधा पाउँछन्।

त्यसैगरी, मेडिकल र इन्जिनियरिङ्गतर्फ रुचि राख्ने विद्यार्थीका लागि ‘प्रि-मेडिकल’ र ‘प्रि-इन्जिनियरिङ’ कक्षाहरू पनि सञ्चालन भइरहेको कलेजले जनाएको छ। यी कक्षाहरू काठमाडौंका प्रतिष्ठित संस्था नेम र पीईए सँगको सहकार्यमा सञ्चालन गरिन्छन्।

४ जीपीए ल्याउने विद्यार्थीको पहिलो रोजाइ

यस वर्ष एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी प्रेम खतिवडा, कृति गोयलसहितका धेरै विद्यार्थीले एभरेष्ट कलेजलाई रोजेका छन्। उनीहरूले एभरेष्टको शिक्षण वातावरण, ल्याब, लाइब्रेरी र भौतिक पूर्वाधार अन्यत्र दुर्लभ रहेको भन्दै यहीँ अध्ययन गर्ने निर्णय लिएको बताएका छन्।

शिक्षामा गुणस्तर, प्रविधिको समायोजन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लक्ष्यसहित अघि बढिरहेको एभरेष्ट कलेज अब कक्षा ११ भर्नाका लागि इच्छुक विद्यार्थीका लागि प्रमुख गन्तव्य बन्न थालेको देखिन्छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356