बुढीगंगा गाउँपालिकाले सार्वजनिक गर्यो नीति तथा कार्यक्रमचालू आर्थिक वर्षका लागि कुल ७६ करोड ३० लाख ९३ हजार रुपैयाँको बजेट विनियोजन

Logo
भोजराज घिमिरे बुधबार, आषाढ ११, २०८२

मोरङ – भोजराज घिमिरे
बुढीगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको सोह्रौं गाउँसभा अधिवेशनमार्फत गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनताप्रति उत्तरदायी, पारदर्शी र समावेशी स्थानीय शासन प्रणालीलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

पालिका स्रोत अनुसार चालू आर्थिक वर्षका लागि कुल ७६ करोड ३० लाख ९३ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ। बजेटलाई कृषि, पर्यटन, युवा तथा रोजगारी, स्वास्थ्य, शिक्षा, पूर्वाधार, सामाजिक सुरक्षा, उद्योग, राजस्व सुधार लगायतका प्रमुख क्षेत्रहरूमा लक्षित गर्दै वितरण गरिएको छ।
नवप्रवर्तन तथा अनुसन्धानका लागि पालिकाले राष्ट्रिय आविष्कार केन्द्रको उद्देश्यलाई आत्मसात् गर्दै आधुनिक कृषि यान्त्रिकीकरणमा आधारित कार्यक्रमका लागि रु २० लाख विनियोजन गरेको छ। साथै, सामूहिक तरकारी खेती, चुकन्दरको प्रवर्द्धन, भेटेरिनरी अस्पताल स्थापना तथा गाई प्रवर्द्धन कार्यक्रममार्फत कृषकहरूको आम्दानी बढाउने योजना बनाइएको छ। कृषिमूलक कार्यक्रमका लागि रु १ करोड २० लाख छुट्याइएको छ।

वडा नं. १ मा निर्माणाधीन पार्कलाई सम्पन्न गरी संचालनमा ल्याइने र धार्मिक, सांस्कृतिक स्थलहरूको संरक्षण तथा प्रचारप्रसारमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गरिने योजना छ। यसका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
युवा, रोजगारी र खेलकुद गाउँ युवा परिषद् मार्फत युवा सम्मेलन, सिप विकास तालिम, रोजगार बैंक स्थापना तथा ‘युथ जोन’ निर्माण गरिनेछ। साथै, फुटबल, भलिबल, कराते, कबड्डी लगायत खेलकुद टिम निर्माण र फुटबल एकेडेमीको सुरुवात गरिनेछ। यी कार्यक्रमका लागि रु ८५ लाखको व्यवस्था गरिएको छ।
शिक्षा क्षेत्रमा दलित समुदायका ७ जना छात्रालाई स्टाफ नर्स अध्ययनको पूर्ण छात्रवृत्ति, विषयगत शिक्षकको अनिवार्य व्यवस्था, डिजिटल शिक्षा प्रवर्द्धन जस्ता कार्यक्रम समावेश छन्। शिक्षा क्षेत्रको बजेट रु २ करोड ५० लाख रहेको छ।
स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बीमा निरन्तरता, डिजिटल अभिलेखिकरण, सस्तो औषधि पसल सञ्चालन लगायत कार्यक्रम सञ्चालन गरिनेछ। स्वास्थ्य बजेट रु ४ करोड रहेको छ।

सामाजिक सुरक्षा कोषमा करार, ज्यालादारी कर्मचारी तथा श्रमिकहरूलाई अनिवार्य सदस्यता गराउने, विपन्न घरधुरीलाई विद्युत् तथा खानेपानीमा राहत, ३००० घरधुरीमा इन्डक्सन र सुधारिएको चुलो वितरणजस्ता कार्यक्रम राखिएको छ। यसका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ।
१०० भन्दा बढी श्रमिक भएका उद्योगमा हेल्थ डेस्क स्थापना अनिवार्य गरिनेछ। साना व्यवसायीलाई कर सहुलियत, महिला, दलित र अपांग व्यक्तिद्वारा सञ्चालित व्यवसायमा कर छुट, नागरिकता सर्जमिन दस्तुरमा पूर्ण छुट, कृषि–पशुपालन करमा ५० प्रतिशत छुट लगायतका व्यवस्थाहरू नीतिमा समावेश छन्।

पूर्वाधार क्षेत्रमा प्रशासकीय भवन निर्माणका लागि १ करोड ५० लाख र ‘उज्यालो बुढीगंगा अभियान’ अन्तर्गत सडक बत्तीका लागि ७० लाख रुपैयाँ छुट्याइएको छ।

रोजगारी सिर्जनाका लागि उद्योग–व्यापा
स्थानिय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरिने र उद्योगमा आबद्ध गराइने योजना रहेको छ।
निष्कर्षमा, बुढीगंगा गाउँपालिकाको नीति तथा कार्यक्रम समावेशी, विकासमुखी र जनउत्तरदायी शासन प्रणाली निर्माणमा केन्द्रित देखिन्छ। शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र सामाजिक सुरक्षामा केन्द्रित योजनामार्फत गाउँपालिकाले समृद्ध बुढीगंगा निर्माण गर्ने स्पष्ट संकेत दिएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356