पतनजलि प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु

Logo
Red FM बुधबार, आषाढ ११, २०८२

काठमाडौं — पतञ्जलि योगपीठ नेपालसँग सम्बन्धित बहुचर्चित जग्गा काण्डमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले विशेष अदालतमा आफ्नो बयान दिन सुरु गरेका छन्।

नेपाल विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राया, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा पेश भएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले गत जेठ २३ गते नेपालसहित ९४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रधानमन्त्री रहेका बेला नेपालले सरकारी अधिकारको दुरुपयोग गरी भारतको पतञ्जलि समूहको गैरनाफामूलक संस्था पतञ्जलि योगपीठ नेपाललाई काभ्रेपलाञ्चोकको बान्चा गाउँमा ८१५ रोपनी जग्गा खरिद गर्न मन्त्रिपरिषद्बाट विशेष स्वीकृति दिएको आरोप छ।

जसअन्तर्गत जनकल्याणकारी उद्देश्यका लागि छुट्याइएको सो जग्गा अस्पताल, जडीबुटी फर्म, शैक्षिक संस्था जस्ता सामाजिक प्रयोजनमा प्रयोग नहुने गरी व्यापारिक प्रयोगका लागि छुट दिइएको भन्दै अख्तियारले मुद्दा चलाएको हो।

अख्तियारले नेपालसँग मात्र रु. १८ करोड ५८ लाख ५० हजार बराबरको क्षतिपूर्ति माग गरेको छ भने बाँकी ९३ जनामाथिको दावी उनीहरूको भूमिकाका आधारमा फरक फरक छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356