सहकारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

Logo
भोजराज घिमिरे सोमबार, आषाढ ०९, २०८२

विराटनगर, असार ८ गते
विराटनगर-३ स्थित महेन्द्र माध्यमिक विद्यालयमा सहकारी प्रणालीबारे जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विराट टाइम्स मिडिया प्रा.लि. को आयोजनामा तथा कृषि, उद्योग तथा सहकारी मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोगमा सम्पन्न भएको हो।
कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरेर आयोजित कार्यक्रममार्फत सहकारीको महत्व, उद्देश्य, संरचना तथा यसले समाजमा पुर्‍याउने सकारात्मक प्रभावबारे विस्तृत जानकारी प्रदान गरियो।
कार्यक्रममा प्रशिक्षक अबिनाश निधि, मोहन ढकाल र गोपाल पोखरेलले सहकार्य, पारदर्शिता, आत्मनिर्भरता र आर्थिक समृद्धिमा सहकारीको भूमिकाबारे प्रकाश पारे। सहभागी विद्यार्थीहरूले सहकारी प्रणालीप्रति गहिरो चासो व्यक्त गर्दै यस्ता कार्यक्रमले व्यवहारिक ज्ञान दिनुका साथै समूहमा सोच्ने क्षमताको विकासमा समेत टेवा पुर्‍याउने बताएका छन्।
कार्यक्रमको सहजीकरण पत्रकार भोजराज घिमिरेले गर्नुभएको थियो भने उद्घाटन महेन्द्र माध्यमिक विद्यालयका प्राध्यापकद्वारा गरिएको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356