नेप्से १.०७ अङ्कले घट्यो, कारोबार रकममा १८ प्रतिशत वृद्धि |

Logo
Red FM बुधबार, आषाढ ०४, २०८२

बुधवार नेप्से परिसूचक १.०७ अङ्कले घटेर २,६५३ विन्दुमा झरेको छ। यद्यपि, कारोबार रकममा उल्लेखनीय वृद्धि देखिएको छ — अघिल्लो दिनको रु. ७.६५ अर्बबाट आज रु. ९.०८ अर्ब पुगेको हो।

८८ कम्पनीका सेयर मूल्य बढेका छन् भने १५९ कम्पनीका घटेका छन्। जलविद्युत्, जीवन बीमा, निर्माण एवं प्रशोधन, र अन्य समूहमा हरियाली देखिएको छ, जबकि बैंकिङ, विकास बैंक, पर्यटन, माइक्रोफाइनान्सलगायत समूहहरू ओरालो लागेका छन्।

प्योर इनर्जी र जोशी हाइड्रोपावरका सेयर मूल्य १०% ले बढेका छन्। कोरपोरेट डेभलपमेन्ट बैंकको मूल्य भने १०% ले घटेको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356