राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा ‘भिजिट भिसा’ फ्रड र मानव तस्करी बिषयमा तीव्र प्राथमिकता |

Logo
Red FM बुधबार, आषाढ ०४, २०८२

रास्वपाले सार्वजनिक गरेको विवरण अनुसार २००० भन्दा बढी नेपाली नागरिकहरूले भ्रमण भिसाको नाउँमा धोका पाइरहेका र मानव तस्करीमा परी रहेको उजुरी दिएका छन्। ती सबै पीडितहरूले पाटीको आह्वान पछाडि प्रमाणसहित सम्पर्क गरेका हुन्। रास्वपाले भिसा दुरुपयोगलाई “संगठित अपराध”को रूपमा परिभाषित गर्दै संसद, सरकारी निकाय र समाजमा समन्वित कानुनी पहलको माग गरेको छ |

पाटीले गृह मन्त्रालयलाई आरोप लगाउँदै मुख्य विषयबाट ध्यान हटाउन भ्रम सिर्जना गरेको भनी टिप्पणी गरेको छ। गृह मन्त्रालयको “नक्कली उजुरी” लगार्इ बढाइएको आरोपमा रास्वपा आन्तरिक छानबिन समिति गठन गरी तथ्य परीक्षण गरिरहेको छ। पाटीको विज्ञप्तिहरूले स्पष्ट पारेको छ—यो अभियान कुनै व्यक्ति वा पार्टीलाई लक्षित नभई प्रणालीगत अपराध टुक्र्याउने लक्ष्य राखिएको हो

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356