नरायणगढ–बुटवल खण्ड अवरुद्ध भए पुनः बाढीले डाइभरसन भत्काउँदा |

Logo
Red FM बुधबार, आषाढ ०४, २०८२

नवलपुर, १८ जुन २०२५ — सोमबारको बाढीले निर्माण गरिएको डाइभरसन भत्काएपछि नरायणगढ–बुटवल खण्डको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो । त्यसपछि सो सडक एकतरि यातायातका लागि खुला गरिएको थियो । तर, मंगलबार रातिको तीव्र वर्षाले पुनः बिनायी नदीस्थित डाइभरसन भत्किएपछि दुबै दिशामा सडक पूर्णतः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, सूचना अधिकृत, डीएसपी मधु नेपालले जानकारी दिए अनुसार, अहिले पुरै मार्ग अवरुद्ध छ र यातायात सञ्चालन असम्भव छ 

सडक खुलाउने प्रयास चलिरहेको भए तापनि बाढीको तीव्र बहावले पुनः रोकावट आएको स्थिति छ । प्रहरीले सर्वसाधारणलाई यो मार्ग प्रयोग नगर्न अनुरोध गरेको छ र वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ 

यस अवस्थाबाट लामो समयसम्म यातायात सञ्चालन अवरुद्ध रहने सम्भावना छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356