पाल्पा: पूर्वखोला–५ स्थित स्यापाट डाँडानजिक जीप दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर |घाइते |

Logo
Red FM मंगलबार, आषाढ ०३, २०८२

पाल्पाको पूर्वखोला गाउँपालिका–५ स्थित स्यापाट डाँडानजिक सोमबार साँझ भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटना सोमबार साँझ करिब ४ बजे तानसेनबाट आर्यभञ्ज्याङ–रामपुर हुँदै रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्बरको पिकअप जीप सडकबाट करिब ३०० मिटर तल खस्दा भएको हो।

दुर्घटनामा बुटवल उपमहानगरपालिका–११ का ४६ वर्षीय विनोद ढुंगाना र करिब ४०–४५ वर्ष उमेरका अर्का एक अज्ञात पुरुषको घटनास्थलमै मृत्यु भएको हो।

उक्त दुर्घटनामा बुटवल–११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लका अनुसार जीप रामपुरतर्फ अण्डा बोकेर जाँदै गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356