काठमाडौं: एसईई नतिजा असारको पहिलो साता सार्वजनिक हुने तयारी |

Logo
Red FM मंगलबार, आषाढ ०३, २०८२

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको पहिलो साता सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

प्रत्येक वर्ष शैक्षिक पात्रो अनुसार नतिजा असारको मध्यतिर सार्वजनिक हुने गरे पनि यस वर्ष उत्तरपुस्तिका मूल्यांकनमा ढिलाइ भएका कारण समय तालिका पछि धकेलिएको हो।

चैत्र २० गतेदेखि सुरु भएको २९ दिन लामो शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका मूल्यांकनमा ठूलो प्रभाव परेको थियो। त्यसपछि थप दुई दिनको प्राविधिक ढिलाइ भएपछि मूल्यांकन प्रक्रिया ढिला सुरु भएको र त्यसकै कारण नतिजा असारको पहिलो साता मात्र सार्वजनिक गर्न लागिएको हो।

हाल उत्तरपुस्तिका मूल्यांकन अन्तिम चरणमा पुगेको छ र कर्मचारीहरू बिहानदेखि साँझसम्म पूर्ण सिफ्टमा कार्यरत छन्। यस वर्षको एसईई परीक्षा चैत ७ गते (March 20) सुरु भएको थियो।

परीक्षामा नियमिततर्फ ४३१,४६६ र ग्रेड सुधारतर्फ ६७,७१५ गरी कुल ४,९९,१८३ विद्यार्थी सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356