

विराटनगर, जेठ ३० – सञ्चारकर्मीहरूले कानुन निर्माण प्रक्रिया तथा यसको आवश्यकता बुझ्नु अत्यन्त जरुरी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताएका छन्।
शुक्रबार विराटनगरस्थित कञ्चनजंगा पार्टी प्यालेसमा सम्पन्न ‘कानुन पत्रकारिता तालिम’ को उद्घाटन गर्दै मन्त्री भण्डारीले अदालतको निर्णय प्रक्रिया, कानुनी अध्ययन र पत्रकारिताबीचको सम्बन्धलाई प्रष्ट पार्दै भने, “सञ्चारकर्मीले गहिरो अध्ययनसहित कानुनी विषयमा समाचार सम्प्रेषण गरे समाजमा पत्रकारिता प्रतिको विश्वास अझ बलियो हुन्छ।”
नेपाल पत्रकार महासंघ मोरङ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न सो एकदिने तालिममा मोरङका विभिन्न सञ्चारमाध्यममा आबद्ध करिब ५० जना पत्रकारको सहभागिता रहेको थियो।
मन्त्री भण्डारीले ठूला मिडिया संस्थाहरूबाट समेत कानुनी दृष्टिकोणबाट अपूर्ण वा भ्रम सिर्जना गर्ने समाचार सम्प्रेषण हुने प्रवृत्ति बढिरहेको उल्लेख गर्दै त्यसमा सुधार आवश्यक रहेको बताए।

NID:SIZE:3.0 MB
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुसिला पाठक, मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइटेल, महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जोङ, सदस्य अबिनाष निधि , मोरङ उपाध्यक्ष सन्तोष सिग्देल तथा महासंघ कोशी प्रदेशका सल्लाहकार विवेक गौतमलगायतले सञ्चारकर्मीहरूलाई कानुनी विषयमा अनावश्यक आरोप लगाउने र दुर्व्यवहार गर्ने कार्य अस्वीकार्य हुने चेतावनी दिए।
तालिममा राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयाँलले “कानुन, अदालत र न्याय” विषयमा कार्यपत्र प्रस्तुत गरे भने, विराटनगर उच्च अदालत बार एशोसिएसनका सचिव अधिवक्ता विनोद तिम्सिनाले “साइबर अपराध र समाचार” सम्बन्धी विषयमा प्रस्तुतिसहित प्रशिक्षण दिएका थिए। जेष्ठ ३१ गते सनिवार पुर्बि मोरङ को पथरी मा तालिम हुने नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष शुसिला पाठकले जनकरि दिइन ।