प्रहरी जवान प्रशिक्षार्थीको अध्ययन भ्रमण सामुदायिक प्रहरी सेवा केन्द्र, तीनपैनी विराटनगरमा सम्पन्न

Logo
भोजराज घिमिरे बिहिबार, जेठ ३०, २०८२

तालिम केन्द्रका अनुसार २०८२ वैशाख २७ गतेदेखि सञ्चालनमा आएको तालिम अन्तर्गत अध्ययन भ्रमण कार्यक्रम आयोजना गरिएको हो। कुल २०१ जना प्रशिक्षार्थीलाई दुई समूहमा विभाजन गरी क्रमशः १०१ र १०० जनाको टोली पठाउने कार्यक्रम रहेको छ। भ्रमणको उद्देश्य प्रशिक्षार्थीहरूलाई सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यशैली, गतिविधि तथा प्रहरी–नागरिक सहकार्यको अभ्यासबारे व्यवहारिक जानकारी दिनु हो।

जेठ २८ गते पहिलो चरणमा १०१ जना प्रशिक्षार्थीहरूको टोलीले तीनपैनीस्थित सामुदायिक प्रहरी सेवा केन्द्रको भ्रमण गरेका थिए। कार्यक्रमको अध्यक्षता केन्द्रकी अध्यक्ष मिना जोशीले गर्नुभयो।

प्रमुख अतिथिको रूपमा सहभागी कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक प्रभात लिम्बूले प्रशिक्षार्थीहरूलाई सामुदायिक प्रहरी सेवासम्बन्धी व्यवहारिक ज्ञान र अनुभव दिलाउने यस्ता कार्यक्रमहरू अति उपयोगी हुने धारणा राख्दै, सफल व्यवस्थापनका लागि केन्द्रका पदाधिकारीहरूप्रति आभार व्यक्त गर्नुभयो।

अध्यक्ष मिना जोशीले सामुदायिक प्रहरी साझेदारी प्रणालीको प्रभावकारिता र यसको सामाजिक महत्त्वबारे प्रकाश पार्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य  स-सचिव किरण कुमार श्रेष्ठले राख्नुभएको थियो भने सञ्चालन सचिव भोजराज घिमिरेले गर्नुभएको थियो।

भ्रमणका क्रममा केन्द्रका पदेन सदस्य प्रहरी हल्दार तुलसा खड्का र सहायक हल्दार कल्पना कटेलले कार्यालयको अभिलेख व्यवस्थापन र अन्य प्रशासनिक पक्षहरूबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रमको व्यवस्थापनमा केन्द्रका कार्यसमिति सदस्य पद्मा पौडेल, सेरसिंह दुगड, बिजय शर्मा तथा कोषाध्यक्ष सन्तोष बाहेतीको उल्लेखनीय भूमिका रहेको थियो।
सहयोगी दाताहरूको रूपमा मनोज विक्रम शाहा, प्रबिन अग्रवाल, ज्ञानु खड्का र पबन पुरेतले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याएका थिए।

कार्यक्रम समन्वयका लागि तालिम केन्द्रबाट प्रहरी नायब उपरीक्षक गुरु प्रसाद तिम्सिनालाई सम्पर्क अधिकारी तोकिएको थियो।

सामुदायिक प्रहरी सेवा केन्द्र, तीनपैनीले प्रशिक्षार्थीहरूलाई आवश्यक जानकारी र सहयोग प्रदान गर्न सधैँ तत्पर रहेको प्रतिबद्धता जनाएको छ।

 

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356