गलतलाई गलत भन्न नसक्ने हो भने हामी बीपीका अनुयायी होइनौं : डा. शेखर कोइराला

Logo
भोजराज घिमिरे शनिबार, जेठ १८, २०८२

– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीका नेता तथा कार्यकर्ताहरूले गलतलाई गलत भन्न नसक्ने हो भने आफूहरू बीपी कोइरालाका सच्चा अनुयायी हुन नसक्ने बताएका छन्।

प्रजातन्त्र सेनानी संघ बागमती प्रदेश कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले असल कामको प्रशंसा गर्न र गलत कामको विरोध गर्न सक्ने आत्मसाहस कांग्रेस कार्यकर्तामा हुनुपर्ने बताए।

“राम्रो कामलाई राम्रो भन्नुपर्छ, गलत गरेको छ भने गलत पनि भन्न सक्नुपर्छ। गलत भन्नै नसक्ने हो भने हामी बीपीका अनुयायी हुँदैनौँ,” उनले भने, “बीपीले भन्नुभएको थियो– गलत कुरालाई टुलुटुलु हेरेर बस्ने तिमीहरू दास हौ। त्यो कुरा नबिर्सिनुहोस्।”

उनले वर्तमान सरकारमा कांग्रेस सहभागी भए पनि वास्तविक सत्ता कांग्रेससँग नरहेको धारणा दोहोर्‍याए। “सरकारमा छौँ, तर सत्तामा छैनौं,” भन्दै उनले राज्यको सत्ता र सरकार अलग कुरा भएको स्पष्ट पारे।

कोइरालाले सरकारमा रहेका मन्त्रीहरूले सहकार्य गर्नुपर्ने भए पनि पार्टी बाहिर रहेका नेताहरूले स्पष्ट रुपमा असल र खराब कामको भेद गर्नुपर्ने धारणा राखे। “हामीले असललाई असल र खराबलाई खराब भन्न नसके कांग्रेस बलियो हुँदैन,” उनले भने।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356