प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा मोरङ प्रहरी कार्यालयको निरीक्षण

Logo
भोजराज घिमिरे शनिबार, जेठ १८, २०८२

⊄प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा मोरङ प्रहरी कार्यालयको निरीक्षसुरक्षामा चुस्तता, शिष्ट व्यवहार र नागरिकमैत्री सेवा प्रवाहमा जोड

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीले आज जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नुभएको छ। जेठ १६ गतेको भ्रमणका क्रममा उहाँले कार्यालय परिसर, शाखाहरू तथा हिरासत कक्षको स्थलगत अवलोकन गर्नुका साथै वृक्षारोपण समेत गर्नुभएको छ।

निरीक्षणपछि आयोजित समिक्षात्मक छलफलमा डिआइजी कार्कीले मोरङमा खटिएका प्रहरी अधिकृत तथा कर्मचारीलाई आवश्यक निर्देशन दिनुहुँदै भन्नुभयो,

> “प्रदेश राजधानी तथा औद्योगिक केन्द्र रहेको मोरङमा खटिने सुरक्षाकर्मीहरू चुस्त-दुरुस्त भई, शिष्ट बोली र व्यवहारमार्फत नागरिकको विश्वास जित्नुपर्छ।”

उहाँले सुरक्षाको प्रत्याभूति गर्नका लागि प्रहरीजन शारीरिक तथा मानसिक रूपले स्वस्थ हुनुपर्नेमा जोड दिँदै नियमित तालिम, अनुशासन र सेवामा समर्पणको आवश्यकता औंल्याउनुभयो।

डिआइजी कार्कीले हाल सञ्चालनमा रहेको कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई लक्षित गर्दै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई सुरक्षित, सहज र सम्मानजनक सेवा दिन निर्देशन दिनुभयो।

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नारायण प्रसाद चिमरीयाले जिल्लाको समग्र शान्ति-सुरक्षा अवस्था, जनशक्ति व्यवस्थापन, आगामी कार्य योजना, सुरक्षा चुनौतीहरू र प्रदेश प्रहरीसँगको समन्वयको विवरण प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी, मोरङ जिल्लाअन्तर्गतका विभिन्न प्रहरी इकाइका प्रमुखहरूले आफ्नो क्षेत्रका सुरक्षासम्बन्धी गतिविधिबारे जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356