

- नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस विविध कार्यक्रमका साथ देशभर मनाइयो
विराटनगर, मोरङ – नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस मंगलबार देशभर विभिन्न कार्यक्रम गरी उत्साहपूर्वक मनाइएको छ। यस अवसरमा मोरङमा बिहान प्रभातफेरी सहित विशेष कार्यक्रम सम्पन्न गरिएको हो।
मोरङ शाखाको आयोजनामा भएको प्रभातफेरी नेपाल पत्रकार महासंघ मोरङ शाखाकार्यालयबाट सुरु भई महेन्द्रचोक, शनिमन्दिर, जलजामोड हुँदै ट्राफिकचोक परिक्रमा गरी पुनः महासंघ कार्यालयमै पुगेर कोणसभामा परिणत भएको थियो।
कार्यक्रममा पत्रकार, सञ्चारकर्मी, विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरू तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कोणसभामा बोल्ने वक्ताहरूले प्रेस स्वतन्त्रता, पत्रकारहरूको हकहित तथा प्रेस युनियनको ऐतिहासिक योगदानको चर्चा गरेका थिए।
स्थापना दिवसको अवसरमा वक्ताहरूले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको रक्षामा प्रेस युनियनको भूमिका अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।