मोरंग चेम्बर अफ कमर्सको छैठौं साधारण सभा असार ६ गते हुने

Logo
भोजराज घिमिरे शनिबार, जेठ ११, २०८२

मोरंग चेम्बर अफ कमर्सको छैठौं साधारण सभा असार ६ गते हुन
विराटनगर, जेष्ठ ९ – मोरंग चेम्बर अफ कमर्सको कार्यसमिति बैठक शुक्रबार साँझ विराटनगर– स्थित सिटी प्यालेसमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष यादव पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले आगामी छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन यही २०८२ साल असार ६ गते शुक्रवारका दिन विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ।
कार्यक्रमको सञ्चालन महासचिव कृष्णप्रसाद दाहालले गर्नुभएको थियो। बैठकमा संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशमान श्रेष्ठ, र शिवप्रसाद रिजाल, कोषाध्यक्ष मनोज कुमार मिश्र, सचिव हरिबहादुर श्रेष्ठ, सह–कोषाध्यक्ष देवेन्द्र बहादुर बस्नेत, सल्लाहकार फूलकुमार लालवानी प्रेस सल्लाहकार भोजराज घिमिरे, कृषि सल्लाहकार सुमन भगत , लगायत अन्य पदाधिकारी तथा सदस्यहरू जुगल किशोर राठी,तुलसी प्रसाद पोखरेल. घनश्याम काबरा, दुर्गामणी रेग्मी. अञ्जली देवी श्रेष्ठ. सिता लामिछाने, सदस्य उपस्थिति रहेको थियो।
बैठकमा उत्पत्तिको प्रमाणपत्र (Certificate of Origin) जारी गर्ने प्रक्रियालाई अझ प्रभावकारी बनाउने विषयमा आवश्यक छलफल गरिएको थियो। साथै, कोषाध्यक्ष श्री मनोज कुमार मिश्रले प्रस्तुत गरेको आय–व्यय विवरणमाथि पनि समीक्षा गरियो।
बैठकको अन्त्यतिर आगामी साधारण सभा तथा अधिवेशनको तयारीका लागि आवश्यक कार्ययोजना निर्माण, जिम्मेवारी बाँडफाँड तथा अन्य विविध विषयमा समेत सदस्यहरूबीच छलफल भएको थियो। बैठकको समापन उपाध्यक्ष शिवप्रसाद रिजालले उपस्थित सबै पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356