कोशी प्रदेशमा पहिलोपटक सीप उत्सव २०८२: एक हजारभन्दा बढी विद्यार्थीको सहभागिता

Logo
भोजराज घिमिरे बिहिबार, जेठ ०९, २०८२

कोशी प्रदेशमाविराटनगर, जेष्ठ ८ – उद्योग संगठन मोरङको आयोजनामा, स्वीस सरकार र नेपाल सरकारबीचको द्विपक्षीय सम्झौताअनुसार सञ्चालित ENSSURE परियोजनाको प्राविधिक सहयोग र सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको समन्वयमा सीप उत्सव २०८२ विराटनगरमा भव्य रूपमा आयोजना हुने भएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना र उपाध्यक्ष बिपिन काबराले कार्यक्रमको विस्तृत जानकारी दिएका थिए।

अध्यक्ष सुरानाले भने, “सीप बिना काम खोज्न गाह्रो छ, र सीप बिना काम दिन पनि। दक्ष जनशक्ति उत्पादन गर्न यो उत्सव आयोजना गरिएको हो।” उनले सीप हासिल गरेका विद्यार्थीलाई नेपालमै रोजगारीमा प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै यसले स्वदेशमै रोजगारी सिर्जनामा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतिस्पर्धाबाट छनोट १८ विद्यार्थी२०७९ वैशाख २२ देखि ३० गतेसम्म झापा, मोरङ र सुनसरी जिल्लाका ७ वटा प्राविधिक शिक्षालयहरूमा आयोजित आन्तरिक प्रतिस्पर्धाबाट सूचना प्रविधि, अटोमोबाइल र होटेल व्यवस्थापन विधाका १८ जना विद्यार्थी छनोट गरिएको हो। उनीहरूलाई प्रदेशस्तरीय उत्सवमा अन्तिम प्रतिस्पर्धाका लागि प्रस्तुत गरिनेछ। यसमध्ये उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई “कोशी प्रदेश स्किल आइकन” को उपाधि प्रदान गरिनेछ।

एक हजारभन्दा बढी विद्यार्थीको सहभागिता

सीप उत्सव २०८२ मा एक हजारभन्दा बढी विद्यार्थी र युवा सहभागी हुनेछन्। सहभागीहरू सूचना प्रविधि, होटल व्यवस्थापन, इलेक्ट्रिकल र अटोमोबाइल इञ्जिनियरिङजस्ता व्यावसायिक शिक्षामा संलग्न रहनेछन्।

लाइभ तालिम र करियर काउन्सिलिङ प्रमुख आकर्षण

जेष्ठ ११ गते बिहान ८ बजेदेखि ११:३० बजेसम्म उद्योग संगठन मोरङको तीनपैनीस्थित सचिवालयमा हुने कार्यक्रमको मुख्य आकर्षणमा पूर्व वाल विकास, सूचना प्रविधि, होटल व्यवस्थापन र इलेक्ट्रिकल विधामा लाइभ तालिम, साथै एक हजारभन्दा बढी विद्यार्थीका लागि करियर काउन्सिलिङ सत्र समावेश छन्। सत्रमा उद्योग क्षेत्रका विज्ञहरूद्वारा प्रेरणा, मार्गदर्शन र व्यावसायिक सल्लाह दिइनेछ।

उद्योग–शिक्षा सहकार्यलाई सुदृढ बनाउने लक्ष्यकार्यक्रमले प्राविधिक शिक्षा, सीप तालिम र डुअलभेट अप्रेन्टिसीप कार्यक्रमको प्रचार–प्रसार गर्दै स्वदेशमै दक्ष जनशक्ति विकास गर्न सहयोग पुर्‍याउनेछ। साथै निजी क्षेत्रको अग्रसरतामा उद्योग र शिक्षाबीचको सहकार्यलाई एक नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

सहयोगी संस्थाहरूको व्यापक सहभागिता

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (TVET), कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ मोरङ, होटल एशोसिएसन अफ नेपाल, नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन अफ नेपाल लगायत संघ–संस्थाहरूको पनि सहयोग रहनेछ।

सञ्चारकर्मीहरूलाई सहभागिताको आग्रहउद्योग संगठन मोरङले यस भव्य उत्सवलाई सफल बनाउने लक्ष्यका साथ प्रचार–प्रसार र प्रत्यक्ष सहभागिताका लागि सम्पूर्ण सञ्चारकर्मीहरूमा सहयोग र साथको आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356