सार्वजनिक सवारीमा भाडा दरको अनुगमन गर्दै ट्राफिक प्रहरी मोरङ

Logo
भोजराज घिमिरे शनिबार, जेठ ०४, २०८२

सार्वजनिक सवारीमा भाडा दरको अनुगमन गर्दै ट्राफिक प्रहरी मोरङ
विराटनगर, २०८२ जेठ ३ गते (शनिबार)।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले आज विराटनगर महानगरपालिकाका विभिन्न स्थानहरूमा सार्वजनिक सवारी साधनहरूले यात्रुहरूसँग लिएको भाडादरको अनुगमन गरेको छ।
अनुगमनका क्रममा बस, विंगर, माइक्रो, म्याजिक, ई-रिक्सा तथा टेम्पु लगायतका यातायात साधनहरूबाट लिइएको भाडा दर निरीक्षण गरिएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ। भाडादर तोकिएको भन्दा बढी लिने गाडी चालकहरूलाई चेतावनी दिइएको र आवश्यक कारबाही समेत गरिने जानकारी प्राप्त भएको छ।
यस अनुगमन अभियानको उद्देश्य यात्रुहरूलाई सुलभ, सुरक्षित र नियमनअनुकूल सेवा उपलब्ध गराउनु रहेको ट्राफिक प्रहरी मोरङले जनाएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356