पनौती नगरपालिका–५ मा खोला बगाउँदा महिला बेपत्ता |

Logo
Red FM मंगलबार, बैशाख ३०, २०८२

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुब्बा गाउँ नजिकको ढलमाले थाडो खोलाले एक महिलालाई बगाएपछि उनी बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मिनबहादुर घलेका अनुसार ३३ वर्षीया रेनुका गिरी सोमबार साँझ खेतमा काम सकेर घर फर्किने क्रममा खोलाले बगाएको बताइएको छ।

स्थानीय बासिन्दा राजेश गिरीकी पत्नी रेनुका बेलुका करिब ६ बजेतिर खोलाको किनार भएर घर फर्किंदै थिइन्। तर अविरल वर्षाका कारण बर्सेनी बढ्ने उक्त खोला यसपटक एक्कासि पूरिएपछि उनलाई बगाएको स्थानीयले जनाएका छन्।

घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली तत्कालै घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरिएको छ। यद्यपि मंगलबार बिहानसम्म पनि उनी फेला परेकी छैनन्।

प्रहरीका अनुसार खोजी कार्य जारी छ र स्थानीयवासी तथा परिवारजन पनि खोजीमा सहयोग गरिरहेका छन्। खोलामा पानीको बहाव अझै उच्च रहेकाले खोजीमा कठिनाइ भइरहेको जनाइएको छ। सुरक्षाकर्मीहरूले सम्भावित स्थानहरूमा सघन खोजी अभियान जारी राखेका छन्।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356