

भारत र पाकिस्तानबीच बढ्दो तनावको सन्दर्भमा नेपाल–भारत सीमामा सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले सिमा सुरक्षामा कडाइ गरेको छ। पछिल्लो ४८ घण्टामा एपीएफले ३१२ गस्ती संचालन गर्नुका साथै १,८४४ स्थानमा चेकपोइन्ट स्थापना गरेको छ।
सशस्त्र प्रहरी बलका संयुक्त प्रवक्ता प्रहरी उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाका अनुसार भारतले पाकिस्तान-प्रशासित कश्मीरमा नौ वटा आतङ्ककारी ठानिएका स्थानमा कारवाही गरेपछि क्षेत्रीय सुरक्षाको चासो उच्च बनेको र त्यसकै कारण सिमा निगरानी तीव्र बनाइएको हो।
मंगलबार बिहानदेखि बिहीबार बिहानसम्म एपीएफले भारतको सशस्त्र सीमा बल (एसएसबी) सँग समन्वयमा ८४ संयुक्त गस्ती तथा २२८ एकल गस्ती गरेका छन्।
संयुक्त गस्ती क्रमशः मे ६ मा २०, मे ७ मा १६ र मे ८ मा ४८ वटा गरिएको छ।
त्यस्तै एकल गस्ती मे ६ मा ८९, मे ७ मा ६४ र मे ८ मा ७५ वटा गरिएका छन्।
यो अभियान एपीएफका क्षेत्रीय मुख्यालयहरू —
नं. १ बराहा ब्रिगेड (सुनसरी), नं. २ छिन्नमस्ता ब्रिगेड (महोत्तरी), नं. ३ गढीमाई ब्रिगेड (मकवानपुर), नं. ४ मुक्तिनाथ ब्रिगेड (कास्की), नं. ५ बिन्ध्यवासिनी ब्रिगेड (रुपन्देही) र नं. ७ बैद्यनाथ ब्रिगेड (कैलाली) — को निर्देशनमा संचालन गरिएको हो।
अभियानमा १०,००० भन्दा बढी एपीएफ कर्मचारी खटाइएको एपीएफले जनाएको छ।
सिमा शान्ति तथा सम्भावित पारवर्ती खतरालाई रोक्न नियमित गस्ती र चेकिङ जारी रहने जनाइएको छ।