सांसद मिना तामाङको आग्रह: भारत–पाकिस्तान युद्धमा गोरखा सैनिकको पहिलो चरणमा प्रयोग रोक्न कूटनीतिक पहल गरियोस्

Logo
Red FM बिहिबार, बैशाख २५, २०८२

सांसद मिना तामाङले भारत–पाकिस्तानबीचको सम्भावित युद्धमा गोरखा सैनिकलाई पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गर्न सरकारसँग कूटनीतिक पहल गर्न माग गरेकी छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले गोरखा सैनिकहरूलाई प्रारम्भिक घेरामा प्रयोग गरिने सम्भावना रहेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरिन्।

उनले भारत र पाकिस्तानबीचको द्वन्द्वको अवस्थामा त्यहाँ कार्यरत नेपालीहरूको सुरक्षाबारे सरकारलाई सचेत रहन आग्रह गरिन्। त्यसैगरी, उनले सरकारलाई गोरखा सैनिकहरूको सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक कूटनीतिक पहल गर्न अनुरोध गरिन्।

सांसद तामाङले नेपालले आफ्ना नागरिकहरूको सुरक्षालाई सुनिश्चित गर्न र गोरखा सैनिकहरूको प्रयोगबारे स्पष्ट नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनले सरकारलाई भारत–पाकिस्तानबीचको द्वन्द्वको सम्भावित प्रभावहरूबारे गम्भीरतापूर्वक विचार गर्न र आवश्यक कदम चाल्न आग्रह गरिन्।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356