भूकम्पमा परी जापानमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

Logo
SURAJ SINGH बुधबार, पुष १८, २०८०
PIC SURAJ SINGH

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ। इशिकावा प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको जापनी समाचार संस्था एनएचकेले जनाएको छ।

इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै मानिस घाइते भएका छन। आपतकालिन विभागका अधिकारीहरूले वाजिमा शहरमा घरहरू सहित २५ भवनहरू ध्वस्त भएको बताएका छन्।

१४ वटा संरचनामा मानिसहरु फसेको हुनसक्ने अनुमान गरिएको छ। उनीहरुको उद्धारका लागि आपतकालिन विभागले प्रयास गरिरहेको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356