

श्री बालकुमारी मन्दिर तथा फल्चा निर्माणका लागि भक्तपुरमा सप्ताह ज्ञानमहायज्ञ सुरु
भक्तपुर, वैशाख १९
भक्तपुर नगरपालिका–२, बालकोट बसिक्वस्थित श्री बालकुमारी मन्दिर तथा फल्चा निर्माणार्थ सोमवारदेखि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ–२०८२ सुरु भएको छ। कार्यक्रम वैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ ।आयोजक ले बताए का छन ।
कार्यक्रमको प्रमुख आकर्षणका रुपमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भागवत प्रवक्ता श्री श्री श्री १००८ महामण्डलेश्वर स्वामी श्री ईश्वर चैतन्यजी महाराज (वृन्दावन) ले संगीतमय कथा वाचन गरिरहेका छन्। आयोजक श्री बालकुमारी मन्दिर तथा फल्चा निर्माण उपभोक्ता समितिका अनुसार महायज्ञको उद्घाटन समारोह वैशाख १९ गते दिउँसो १ बजे गरिनेछ भने समापन वैशाख २६ गते हुनेछ।
महायज्ञ अवधिभर बिहान ६ बजेदेखि योग अभ्यास, ७ बजे पूजा–पाठ, ११ बजेबाट ४ बजे सम्म संगीतमय भागवत कथा, ४:१५ मा आरती र साँझ ७ बजेबाट राति २ बजेसम्म श्रृङ्गारिक महाआरती र भजन–कीर्तन कार्यक्रम सञ्चालन हुनेछन्। साथै, वैशाख १२ गते बिहान ७ बजे शोभायात्रा र वैशाख २५–२६ गते लक्ष्यवर्तिका प्रज्वलन कार्यक्रम समेत हुनेछन्।
मन्दिर तथा फल्चा निर्माणका लागि आर्थिक सहयोग गर्न चाहने दाताहरूका लागि सहयोग रकम अनुसार सम्मानको व्यवस्था गरिएको छ। रु. १,००१ देखि सुरु हुने सहयोगमा रुद्राक्ष माला, रामनामी, सम्मान–पत्र प्रदान गरिनेछ भने रु. २५,००१ माथिका सहयोगकर्ताको नाम शिलापत्रमा अभिलेख गरिनेछ। रु. ५,००,०००/- भन्दा माथि सहयोग गर्ने दातालाई सपरिवारको नाम शिलापत्रमा लेखिने, दुबोको माला, दोसल्ला, सम्मानपत्रसहित सिन्दूर यात्राद्वारा निवाससम्म पु-याइनेछ।
यस कार्यक्रमको सौजन्य जर्मन होम्स प्रा. लि., म.म.न.पा.-३, खायर, भक्तपुरले गरेको हो। आयोजक समितिले सम्पूर्ण भक्तजन, श्रद्धालु तथा सहयोगी मनहरुलाई यथाशक्य सहयोग गर्न र धार्मिक पुण्य कमाउन हार्दिक अनुरोध गरेको छ।