मोरङ व्यापार संघ एक्स्पोमा १० करोडबढीको कारोबार

[email protected]
Logo
भोजराज घिमिरे [email protected] सोमबार, पुष १६, २०८०

विराटनगरमा ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ सञ्चालनमा छ। नेपालदेखि अन्तर्राष्ट्रिय क्षेत्रका उत्पादक तथा उद्यमी जोड्न र व्यापार प्रवर्द्धका लागि मोरङ व्यापार संघको आयोजनामा एक्स्पो चलिरहेको हो।

पुस ६ देखि सुरू भएको एक्स्पो पुस १६ गतेसम्म चल्ने छ। मुलुकको विद्यमान शिथिल आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका वस्तुहरूको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरण एवम् कोशी प्रदेशका असंख्य पर्यटकीय तथा धार्मिक गन्तव्यहरुको प्रचार-प्रसारलगायत कैयौं प्रवरद्धनात्मक कार्यहरू गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो।

यस पटकको मेलामा नेपालमै सबैभन्दा ठूलो जर्मन प्रविधिको ह्याङगर र २२० अक्टानम स्टलमार्फत् नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त यस प्रदेशका महत्व झल्किने कला-संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनीका अलावा छिमेकी राष्ट्र भारत लगायत बंगलादेश, पाकिस्तानलगायत देशका उत्पादित वस्तुहरूको उत्पादनकर्ता र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गराउने प्रयास जारी रहेको मोरङ व्यापार संघले जनाएको छ।

एक्स्पोमा विशेष गरी नेपालको अल्लो कपडा, किबी, सख्खर लगायत स्वदेशी दैनिक उपभोग्य उत्पादन र प्लाष्टिकका भाँडा वर्तनलगायत विशेष छुटमा बिक्री वितरण गरिँदैछ।

भारत, पाकिस्तान तथा बंगलादेशका लत्ता कपडा, लेदरका सामग्री, किचनका सामग्री लगायतका स्टलहरूमा पनि भिडभाड देखिएका छन्।

यस एक्स्पोलाई हालसम्म करिब १ लाख ६५ हजार दर्शकले अवलोकन गरिसकेका छन् भने सबै स्टलहरूबाट करिब १० करोड ५५ लाखको कारोबार भएको संघका अध्यक्ष नवीन रिजालले बताए।

मेलामा सनम फलफूल उत्पादन तथा प्रशोधन उद्योग मिक्लाजुङ-१ पाँचथरकी जुनु लावती किबी फलबाट उत्पादित तथा प्रशोधित पेय पदार्थहरू बिक्री गर्दैछिन्। उनले किबीका उत्पादनमा ग्राहकहरूको विशेष रुची रहेको बताइन्।

 

Photo by : Bhojraj Ghimire

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356