कर्मा लाइभ इन कन्सर्ट संग संगै कुटुम्ब झापामा हुने

Logo
भोजराज घिमिरे बुधबार, माघ २३, २०८१

झापा, कमल—५ स्थित आदिवासी रंगशालामा ‘कर्मा लाइभ इन कन्सर्ट संग संगै कुटुम्ब’ नामक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। इभेन्ट म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (ईमान) कोशी प्रदेशको आयोजनामा फागुन १४ गते (महाशिवरात्रि) हुने यस कार्यक्रममा नेपाली संगीतका दुई चर्चित ब्याण्डहरू कर्मा र कुटुम्ब विशेष प्रस्तुति दिनेछन्।

संगीतमार्फत सामाजिक योगदान

यस कार्यक्रमले संगीतप्रेमीहरूलाई उत्कृष्ट सांगीतिक अनुभव प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्य राखेको छ। आयोजकका अनुसार झापाको कमल गाउँपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने, आर्थिक रूपमा कमजोर २० जना बालबालिकालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने, मंगलमय माविमा अध्ययनरत ३०–३५ जना अपांगता भएका विद्यार्थीहरूलाई आवश्यक लत्ताकपडा, स्कुल ब्याग तथा शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य लिइएको छ। साथै, संघमा आबद्ध पत्रकार तथा सदस्यहरूको हकहितका लागि कोष खडा गरिने छ।

कर्मा र कुटुम्बको विशेष प्रस्तुति

नेपाली संगीतमा झन्डै तीन दशकदेखि सक्रिय कर्मा ब्याण्डले रक तथा लोक–पप शैलीका गीतहरू प्रस्तुत गर्दै आएको छ। ‘हुक्का मेरो’, ‘को हौ तिमी’, ‘मायालु किन हो’ जस्ता गीतहरू दर्शकमाझ निकै लोकप्रिय छन्।

त्यस्तै, झन्डै दुई दशकदेखि नेपाली लोक बाजाहरूको संरक्षण गर्दै आएको कुटुम्ब ब्याण्डले लोक तथा फ्युजन संगीतलाई नयाँ ढंगमा प्रस्तुत गर्दै आएको छ। कुटुम्बको सांगीतिक प्रस्तुति झापा तथा आसपासका संगीतप्रेमीहरूका लागि नयाँ अनुभव हुने विश्वास गरिएको छ।

१० हजारभन्दा बढी दर्शकको अपेक्षा

कार्यक्रम सफल बनाउन ए वाई क्यु संस्थाले व्यवस्थापनको जिम्मेवारी लिएको छ। आयोजकका अनुसार १० हजारभन्दा बढी दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ। कार्यक्रमको होस्ट (मास्टर अफ सेरेमनी) चर्चित सञ्चारकर्मी तथा कलाकार सुरज सिंह ठकुरी हुनेछन्।

कार्यक्रम विवरण

मिति: २०८१ फागुन १४ (महाशिवरात्रि)

स्थान: आदिवासी रंगशाला, कमल–५, पाडाजुङ्गी, झापा

समय: दिउँसो ३ बजे प्रवेश खुल्ला, साँझ ५ बजे कार्यक्रम सुरू

टिकट शुल्क: रु ७७७/- (Fan Pit), रु ५५५/- (Normal)

यस भव्य सांगीतिक कार्यक्रममा सहभागी भएर दर्शकहरूले नेपाली संगीतको उत्कृष्ट अनुभव लिन सक्नेछन्।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356