२४ औं आहा–रारा पोखरा गोल्डकप : सहारा र पुलिस भिड्दै

Logo
Red FM मंगलबार, माघ २२, २०८१

पोखरा — आयोजक सहारा क्लबले मंगलबार २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब आमन्त्रित आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

उपाधिको स्वाद चाख्न नपाएको सहारा यसपल्ट सफलता खोजीमा छ । आहा–रारा संस्करणकै सर्वाधिक सफल र अनुभवी टिम पुलिस क्लब उपाधि थप्ने अभियानमै छ ।

सहारा क्लबको आयोजनामा २०५८ मा पहिलोपल्ट क्याराभान कप हुँदा पुलिसले नै उपाधि जितेको थियो । २०५९ बाट हिमश्री फुड्सले प्रतियोगिता प्रायोजन गर्न थालेपछि आहा गोल्डकप, २०६९ बाट आहा–रारा गोल्डकप र २०७९ बाट आहा–रारा पोखरा गोल्डकपको नामबाट प्रतियोगिता हुँदै आएको छ । क्याराभानबाहेक ६ पटकको उपाधि विजेता र ५ पटकको उपविजेता पुलिसले लगातार तीन पटक जितेर ह्याट्रिक गरिसकेको छ । पुलिसले ०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ मा उपाधि जितिसकेको हो ।

क्याराभानमा पुलिस र सहारा नीलोबीच सेमिफाइनलमा भेट भएको थियो । निर्धारित र थपिएको समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुग्दा ९–९ गोलको बराबरी हुन पुग्यो । रेफ्रीले विजेता घोषणा गर्न टसको सहारा लिनुपर्‍यो । पुलिसले टस जितेर फाइनल प्रवेश गर्‍यो । फाइनललाई मनाङ मर्स्याङ्दीलाई २–१ ले पराजित गर्दै पुलिसले उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356