

काठमाडौँ — थाइल्यान्डले महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलामा लगातार तेस्रो जित हात पारेको छ । थिपात्चा पुथावोङ र ओनिचा कामचोम्फुले सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३–३ विकेट लिएपछि थाइल्यान्डले नेदरल्यान्ड्सलाई ६९ रनमै अलआउट गर्यो ।
डच टोलीले ८७ रनको लक्ष्य पाएको थियो ।
नेदरल्यान्ड्सको इनिङ्स केवल १५.५ ओभरमै टुंगियो ।
पुथावोङले ४ ओभरमा २ मेडन राख्दै १० र कामचोम्फुले ४ ओभरमा १७ रन खर्चेका थिए । चानिदा सुथिरिएङले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर २ र नताया बुचाथमले १ विकेट लिएका थिए ।