भुमहीको एक गोदाममा भीषण आगलागी

Logo
Red FM मंगलबार, माघ २२, २०८१

परासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ भुमहीमा रहेको एक गोदाममा भीषण आगलागी भएको छ । सोमबार मध्यरातमा लागेको आगो निभाउन रामग्राम, बर्दघाट र रुपन्देहीको सिद्धार्थ नगरपालिकाको तीन वटा दमकल, प्रहरी र स्थानीयको सहायता लिइएको थियो ।

इलाका प्रहरी कार्यालय सुनवलका अनुसार स्थानीय लेखनाथ खरेलको टायर र मोबिल गोदाममा आगलागी भएको हो । टायर र मोबिल गोदाम भएकाले आगलागी नियन्त्रणमा लिन करिब तीन घण्टा लागेको थियो । आगलागीको कारण नखुलेको र क्षतिको विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356