विराट एक्स्पो अवलोकनका लागि उर्लियो मानव सागर

Logo
Red FM सोमबार, माघ २१, २०८१

विराटनगर, – विराटनगरमा जारी विराट एक्स्पो २०२५ शनिबार अवलोकनका लागि हजारौं उर्लिएको छ। सरकारी बिदाको दिन परेको शनिबार २५/३० हजारभन्दा बढी सर्वसाधारणले एक्स्पोको अवलोकन गरेका छन्।

उद्योग संगठन मोरङ द्वारा माघ १२ देखि २० गतेसम्म डिग्री क्याम्पस मैदान, विराटनगर मा आयोजित एक्स्पोमा नेपालसहित भारत, बङ्गलादेश र पाकिस्तानका २६८ वटा स्टल रहेका छन्। शनिबार ती स्टलहरूबाट अपेक्षाभन्दा बढी कारोबार भएको आयोजकहरूले बताएका छन्।

अवलोकनकर्ताहरूको अत्यधिक भिडले व्यवस्थापन पक्षलाई निकै चुनौतीपूर्ण बनाएको थियो। भिड व्यवस्थापनका लागि उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, निवर्तमान अध्यक्ष सुयस प्याकुरेल, बरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष एवं एक्स्पो संयोजक भोलेश्वर दुलाल, उपाध्यक्ष राजकुमार गोल्छा, कोषाध्यक्ष सुबोध कोइराला लगायत सम्पूर्ण कार्यसमितिका सदस्यहरू सक्रिय रूपमा खटिएका थिए।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना का अनुसार एक्स्पोले विद्यार्थीहरूलाई सिप सिक्ने अवसर प्रदान गरेर रोजगार सिर्जना गर्ने उद्देश्य राखेको छ, जसको चौतर्फी प्रशंसा भइरहेको छ।

एक्स्पोको उद्घाटन संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल ले माघ १२ गते गरेका थिए भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की को उपस्थितिमा माघ २० गते आइतबार समापन कार्यक्रम तय गरिएको छ।

३ करोडभन्दा बढी लागतमा आयोजना गरिएको विराट एक्स्पो २०२५ विराटनगरको औद्योगिक तथा व्यापारिक क्षेत्रमा महत्वपूर्ण मानिएको छ। आयोजकहरूका अनुसार एक्स्पोले स्थानीय व्यवसाय, स्टार्टअप, तथा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356