विराटनगरमा गाडिएको अवस्थामा बालिकाको शव फेला,छ जना नियन्त्रणमा

Logo
Red FM शनिबार, माघ १९, २०८१

विराटनगर । विराटनगरको कोचाखालमा गाडेको अवस्थामा भेटिएको शव उत्खन्‌न गरी निकालिएको छ ।

१४ वर्षीय बालिकाको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उक्त घटनामा संलग्न रहेको आशंकामा छ जनालाई अनुसन्धाका लागि नियन्त्रणमा लिएको मोरङका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । पक्राउ पर्नेमा मावलीतर्फका हजुरबुबा ५७ वर्षीय सर्जुक यादवसहित ६ जना रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना शंकास्पद देखिएपछि विराटनगर–५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुबा सहित परीवारका अन्य सदस्यालाई नियन्त्रणमा लिएको जोशीको भनाई छ । डीएसपी जोशीका अनुसार भारत बिहारको छाप्रा जिल्ला घर भएकी चाँदनी एक महिना अघि आफ्नै आमा राजकुमारी र बुबा लालमोहन यादवसँगै मावली घर विराटनगर आएकी थिइन् । चाँदनीलाई हजुरबुबाको साथमै छाडेर उनका आमा राजकुमारी र बुबालालमोहन भारत फर्केका थिए । ५/६ दिन यता चाँदनी गाउँमा नदेखेपछि स्थानीयले सोधखोज गरेका थिए । तर, सर्जुकले नातिनी आफ्नो घर भारत फर्किसकेको जवाफ दिएका थिए । यो विषयमा शंका लागेपछि स्थानीयले शुक्रबार प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीले बालिका चाँदनीको खोजतलास गरेका थिए।

खोजी गर्ने क्रममा सर्जुकको घरभन्दा करिब ३८ मिटर दक्षिणमा रहेको खेतमा चाँदनीको शव गाडिएको अवस्थामा फेला परेको डीएसपी जोशीले बताए । सर्जुकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356