नयाँ स्टक एक्सचेन्जबारे बोर्डले थाल्यो छलफल, लाइसेन्सबारे निर्णय भएन

Logo
Red FM शुक्रबार, माघ १८, २०८१

काठमाडौँ — विवादका कारण लामो समयसम्म स्थगित रहेको निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सम्बन्धमा नेपाल धितोपत्र बोर्डमा छलफल भएको छ । गत मंगलबार बसेको नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकमा नयाँ अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेतृत्व सम्हालेपछि पहिलो पटक नयाँ स्टक एक्सचेन्जको विषयमा औपचारिक रूपमै छलफल भएको हो ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण सम्बन्धमा प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले अघिल्लो साता धितोपत्र बोर्डलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जबारे छलफल भएको हो । उक्त विषय छलफलकै क्रममा रहेको र त्यसबारे केही निर्णय भइनसकेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए ।

गत पुस ५ मा मन्त्रिपरिषद् बैठकले धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा यसअघि गठित अध्ययन समितिको प्राप्त प्रतिवेदन अर्थ मन्त्रालय पठाउने निर्णय गरेको छ । सोही निर्णयका आधारमा अघिल्लो साता अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णय र अर्थ मन्त्रालयको पत्रलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ ।

एक थरीले प्रतिवेदन अर्थ मन्त्रालय पठाएर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्न लागिएको भनेका छन् भने अर्का थरीले मन्त्रिपरिषद्को निर्णयबाट गठित समितिले तयार पारेको आफैं लागू नगरेर पन्छाउन खोजेका रूपमा अर्थ्याएका छन् । यद्यपि धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तिसँगै नयाँ एक्सचेन्जको लाइसेन्सको प्रसंग आउनु र पत्र प्राप्तलगत्तै धितोपत्र बोर्डले सञ्चालक समितिमा छलफल चलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356