एभरेस्ट साइन्स सेन्टर नेपाल द्वारा अन्तरिक्ष र रोबोटिक्स कार्यशाला आयोजना

Logo
Red FM शुक्रबार, माघ १८, २०८१

शान्तिवन, सुनसरी – एभरेस्ट साइन्स सेन्टर नेपाल (ESCN) ले १६ गतेदेखि १८ गते सम्म शान्तिवन, सुनसरीमा “विज्ञान, अन्तरिक्ष र रोबोटिक्स” सम्बन्धी कार्यशाला आयोजना गरेको छ। यस कार्यक्रममा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्छ।


कार्यशालामा विभिन्न शैक्षिक संस्था र विद्यार्थीहरूको सहभागिता रहेको छ, जसमा विश्व आदर्श एकेडेमी इटहरी, ग्रेडेड सेडेन्ड्री वोडिङ स्कूल बिराटनगर, सेलेन्डाइन बोडिङ स्कूल सुर्खेत, हातु‌सा लिरल स्टार स्कूल कपिलवस्तु, काशी नोवेल एकेडेमी रूपन्देही र सुकुना म. बि. सुन्दर हरैचा लगायतका प्रतिष्ठानका विद्यार्थीहरू सहभागी भएका छन्।
कार्यक्रमका प्रमुख अतिथिहरूमा बर्जु गाउँपालिका अध्यक्ष जीवछ कुमार राय, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रमुख जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन कुमार निम्सीना, विश्व आदर्श एकेडेमी इटहरीका प्रिन्सिपल गणेश कुमार दुलाल, ग्रेडेड सेडेन्ड्री वोडिङ स्कूल बिराटनगरका प्रिन्सिपल प्रेन सिंह सुमन, लगायतका प्रख्यात व्यक्तिहरू रहेका थिए।एभरेष्ट साइन्स सेन्टर नेपाल शान्ति वन सुनसरीले आयोजना गरेको तालिमलाई समुद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले भने वर्कसप अन स्पेस साइन्स एण्ड रोवोटिकस तालिमले विद्यार्थी भाइबहिनीको क्षमतामा विकास हुने वताउँदै निजी लगानीमा बनेको सेन्टरलाई सरकारले केही गर्न नसकिन भएकोले पब्लिक पार्टनर सिपको अवधारणमा गई नेपाल कै उत्कृष्ठ सन्टर बनाउन चाहना रहको वताए ।मुख्यमन्त्री कार्कीले प्रविधि र विज्ञानको रिसर्च गर्ने गरीको संरचना आवश्यक रहेको प्रदेश सरकारले महसुस गरेको सुनाए।
उनले एभरेष्ट साइन्स सेन्टरसँग सहकार्य गरेर दक्षिण एसियाकै नमुना साइन्स सेन्टर बनाउने विषयमा पनि प्रदेश सरकारले छलफल थालेको जानकारी दिए।
एभरेष्ट साइन्स सेन्टर नेपाल शान्ति वन सुनसरीका निर्देशक दिलिप कुमार अधिकारीले लेखेको पुस्तक मेकिङ्ग साइन्स आइसरको मुख्यमन्त्री कार्की लगायतले विमोचन समेत गरका थिए ।
विराटनगर नजिकै रहको बर्जु गाउँपालिकाका चाहेजति विकास नभएपनि बाटोघाटो, बिजुली बत्तीमा केही विकास भएको छ । अझ गर्नु पर्ने ठूला विकासहरु योजना बैकमा सुचीकृत गर्न गाउँपालिका अध्यक्ष रायलाई आग्रह गरेको छ । अब विराटनगरको विकास गरिदैन विराटनगर बाहेकका क्षेत्रमा न्यु विराटनगर शहर वनाउने अवधारणमा अगाडी बढ्ने वताए ।
त्यसैगरी बर्ज गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायले विराटनगरले बर्जु गाउँपालिकालाई विकासको नाममा सौताको व्यवहार गरेको भन्दै बर्जु गाउँपालिकाको बर्जु ताल र एभरेष्ट साइन्स सेन्टर नेपाल शान्ति वन बर्जुको गहना भएकोले यसको सम्वद्र्धण र प्रवर्धनमा प्रदेश सरकारलाई ध्यान दिन आग्रह गरेका छन् ।

तीन दिनसम्म सञ्चालन हुने तालिममा विज्ञान, प्रविधि, अन्तरिक्ष अनुसन्धान र रोबोटिक्ससम्बन्धी विभिन्न कार्यशाला, प्रदर्शनी तथा प्रशिक्षण कार्यक्रमहरू समावेश गरिएका छन् । आयोजक एभरेष्ट साइन्स सेन्टर नेपाल निर्देशक अधिकारीका अनुसार मेचीदेखि महाकाली सम्मका विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा प्रविधिमा रुचि राख्नेहरू सहभागी भएका छन् ।
कार्यक्रममा विज्ञान तथा प्रविधिको महत्त्व, नेपालमा अन्तरिक्ष तथा रोबोटिक्स अनुसन्धानको सम्भावना, नवीनतम आविष्कार र प्रविधिको प्रयोगबारे जानकारी प्रदान गरिने छ । साथै, सहभागीहरूलाई प्रयोगात्मक प्रशिक्षण तथा रोबोट निर्माणसम्बन्धी व्यावहारिक ज्ञान दिइने छ
कार्यशालाको आकर्षण भनेको “Making Science Easier” पुस्तकको विमोचन पनि थियो, जसको विमोचन कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए। यस पुस्तकलाई डा. दिलिप अधिकारीले लेखेका छन् र CA जीवन मिश्रले प्रकाशित गरेका छन्।
कार्यक्रमका संयोजक सुदिप विक्रम अधिकारीले जानकारी दिँदै भने, “यो कार्यशालामा २०० भन्दा बढी विद्यार्थीहरूलाई विज्ञान, अन्तरिक्ष र रोबोटिक्सका बारेमा प्रत्यक्ष अनुभव प्राप्त हुने अवसर दिइने छ। भाग लिएका विद्यार्थीहरूलाई NASA र ESCN ले प्रमाणपत्र पनि प्रदान गर्नेछ।”
कार्यशालामा सबैलाई विज्ञान र प्रविधिको क्षेत्रमा रुचि राख्न आह्वान गरिएको छ। २०२५ जनवरी १९ गते समापन हुने यस कार्यशालाले विद्यार्थीहरूको विज्ञान र प्रविधिमा थप रुचि बढाउने विश्वास गरिएको छ
एभरेस्ट साइन्स सेन्टर नेपाल
प्रविधिक संयोजक: सुदिप विक्रम अधिकारी
कार्यक्रम संचालक: ओम प्रकाश प्रसाई ले गर्नु भएको थियो
सहयोगी संस्था: बिज वर्ल्ड कन्सल्टेन्ट्स प्रा. लि.
प्रकाशक: CA जीवन मिश्र
प्रतिलिपि अधिकार: बिज वर्ल्ड कन्सल्टेन्ट्स प्रा. लि. द्वारा सुरक्षित

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356