१४ औं प्याब्सन स्पोर्ट्स मिट माघ १८ गतेदेखी हुदै , तीन हजार बढी विद्यार्थीले भाग लिने

Logo
Red FM बुधबार, माघ १६, २०८१

विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शुक्रबादेखि प्याब्सन स्पोट्र्स मिट हुने भएको हो ।
प्याब्सनले मंगलबार पत्रकार सम्मेलन गरी माघ १८ देखि २० गतेसम्म संचालन हुने प्रतियोगितामा २५ भन्दा बढी विधाका खेलहरु समावेश गरिएको छ । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा मोरङ प्याब्सनमा आवद्ध ३ हजार बढी विद्यार्थीहरुले भाग लिने प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले जानकारी दिए । उक्त प्रतियोगिताको उद्घाटन प्रदेशको सामाजिक विकास मन्त्री पाँच कर्ण राईले गर्नेछन् । करिब १५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको स्पोट्र्स मिटमा सहभागि विद्यालयहरुको रजिष्ट्रेशन शुल्क र प्याब्सनको आन्तरिक स्रोतबाट लागत जुटाइने अध्यक्ष बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356