हिसान खेल : ग्रिनल्याण्ड क्रिकेटको फाइनलमा, बास्केटबलको उपाधि विकेभिएमलाई

Logo
Red FM बुधबार, माघ १६, २०८१

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत मगलबार भएको क्रिकेट खेलमा विजयी हुँदै ग्रिनल्याण्ड फाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै बास्केटबलको उपाधि विकेभिएम कलेजले जित्दा भलिबलको उपाधि कानितपुर र रेड स्टारले जित हात पारेको छ ।

वैजनाथपुर क्रिकेट मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा २ वर्षपछि हिसान खेलेको ग्रिनल्याण्ड कलेजले विकेभिएम कलेजलाई ५६ रनले पराजित गर्दै फानलमा प्रवेश गरेको छ । अव फाइनलमा ग्रिनल्याण्डले गत संस्करणको उपविजेता अरनिको कलेजसँग बुधबार प्रतिस्पर्धा गर्ने छ ।

टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय १७ रन बनाएको थियो । ग्रिनल्याण्डका सन्जिव शर्माले ३६ रन बनाउँदा रजनिस यादवले २४ रन, गणेश यादवले २१ रन र कृष्ण सहनीले ११ रनको योगदान दिए । विकेभिएमका आकाश चौधरीले ३ विकेट लिँदा आदित्य प्रसाई पनि ३ विकेट लिए ।

जवाफमा १ सय १८ रनको चुनौती पाएको विकेभिएमले १५ ओभरमा सबै विकेट गुमाई ६१ रनमा सिमित भयो । विकेभिएमका अमन शर्माले १४ रर जोड्दा सचिन्द्र यादवले १३ रन जोडे । ग्रिनल्याण्डका प्लेयर अफ म्याच गौरीशैकर माझीले ४ ओभरमा १६ रन दिएर ६ विकेट लिँदा फैजल अन्सारीले २ विकेट लिए।

मंगलबार भएको बास्केटबलको फाइनल खेलमा विकेभिएम कलेजले शिक्षादिप कलेजलाई ३७–९ को अन्तरले पराजित गर्दै उपाधि जितेको छ । प्लेयर अफ फाइनल विकेभिएमका आकाश यादव घोषित भए ।

भलिबलको छात्रर्फको फाइनल खेलमा कान्तिपुर कलेजले रेड स्टार कलेजलाई २५–१४, २५–१४ र २५–९ को सोझो सेटले पराजित गरि उपाधि जितेको छ । प्लेयर अफ फाइनल कान्तिपुरका सुदिप राई घोषित भए ।

त्यस्र्त छात्रातर्फको फाइनलमा रेडस्टार कलेजले मोडर्न एरा कलेजलाई २५–२३ र २५–२२ को सोझो सेटले पराजित गरि उपाधि जितेको छ । प्लेयर अफ द फाइनल रेड स्टारकी स्मृती राई घोषित भइन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356