सुन्तला बेचेरै बर्सेनि ४० लाख आम्दानी

Logo
Red FM बुधबार, माघ १६, २०८१

बागलुङ — १९९७ सालमा हजुरबाले रोपेका ५ वटा सुन्तलाका बोट थिए । निकै मिठो भएकाले धेरैले मागेर खान्थे । बाबु मीनबहादुर खत्रीले २०३३ सालमा बारीमा २५ वटा बिरुवा थपे । त्यसले ५ वर्षमै राम्रो उत्पादन दियो । सुन्तलाले गाउँघरमै बजार पायो । सजिलै बिक्री भएपछि नगद हात पारेर चिया र नुनतेल किन्ने पैसा आयो ।

पर्वतको जलजला गाउँपालिका–१ स्थित बाँसखर्कको बजारमारे गाउँका जगतबहादुर खत्री यतिबेला बाबु र हजुरबुबाको योगदान सम्झिन्छन् । बाबुबाजेले देखाएको बाटोले उनको जीवनमा आर्थिक उन्नति ल्याइदिएको छ । विदेश जानु नपर्ने, सहर झर्न पनि नपर्ने गरी उनीहरूले गाउँमा सुन्तलाबाटै लाखौं कमाइ गरिरहेका छन् ।

बारीमा हुर्केका सुन्तलाबाट नगद कमाइ भएपछि हौसिएका खत्रीले हरेक वर्ष बिरुवा थपिरहेका छन् । २०३९ सालमै उनले एक सय बिरुवा थपेका थिए । २०४३ मा अर्को एक सय ३५ थपेर बारीमा साढे २ सय बोट पुर्‍याए । त्यसपछि त उनको उत्पादन बेनी बजारसम्म बिक्न थाल्यो । २०५३ सालमा उनले झन्डै ५ सय बिरुवा हुर्काए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356