विराटनगर जेसीजद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

Logo
Red FM मंगलबार, माघ १५, २०८१

विराटनगर । विराटनगर जेसीजले विराटनगर-१० तिनटोलियास्थित मानवसेवा आश्रमका आश्रित आमाहरूलाई खाद्यान्न सामग्री वितरण गरेको छ।

जेसीजले चामल, दाल, चिउरा र भुजा लगायतका खाद्य सामग्री हस्तान्तरण गरेको हो।

विराटनगर जेसीजका अध्यक्ष प्रितेश राज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष अर्जुन गिरि प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरिले जेसीज नेतृत्व विकासका साथै सामुदायिक क्षेत्रमा समेत मन जित्ने काम गर्ने संस्था रहेको महसुस गरेको बताए।

जेसीजका अध्यक्ष दाहालले हरेक नेपाली नागरिकको गाँस, बास र कपास नेपाल सरकारको दायित्व भएको र यसमा विराटनगर जेसीजले पनि आफ्नो दायित्व निभाउने बताए।

जेसीज सदस्य सरोज पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा समुदाय क्षेत्रतर्फका उपाध्यक्ष अनुज दाहाल र कार्यकारिणी उपाध्यक्ष अभिषेक भट्टराईले क्रमशः स्वागत र कार्यक्रमबारे प्रकाश पारेका थिए।

संस्थाका जनसम्पर्क अधिकारी अभिषेक गौतमका अनुसार, विराटनगर जेसीजको सन् २०२५ को नवनियुक्त बोर्डले समुदाय क्षेत्र अन्तर्गतको पहिलो कार्यक्रमको रूपमा यो सहयोग कार्यक्रम सञ्चालन गरेको हो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356