भारतले मनायो ७६ औं गणतन्त्र दिवस

Logo
Red FM सोमबार, माघ १४, २०८१

काठमाडौँ — भारतले सैन्य शक्ति प्रदर्शन गर्दै आइतबार ७६ औं गणतन्त्र दिवस मनाएको छ । राजधानी नयाँदिल्लीस्थित कर्तव्यपथमा आयोजित समारोहमा सैनिक मार्चका साथै क्षेप्यास्त्र, ट्यांक, लडाकु विमान, मोटरसाइकल लगायतले शक्ति प्रदर्शन गरिएको थियो ।

परेडमा स्वदेशी अर्जुन युद्ध ट्यांक, तेजस लडाकु विमान र उन्नत हलुका हेलिकोप्टरले जल, स्थल र आकाशमा विभिन्न प्रदर्शन गरेका थिए ।

इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो प्रमुख अतिथि रहेको समारोहमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतका राजनीतिज्ञ, वरिष्ठ अधिकारी, विदेशी कूटनीतिज्ञ उपस्थित थिए ।

गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले पनि विभिन्न कार्यक्रम गरेको छ । दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झन्डा फहराएका थिए । कार्यक्रममा भारतका राष्ट्रपति मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन प्रत्यक्ष प्रसारण गरिएको थियो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356