विराट एक्स्पो २०२५ सुरु, औद्योगिक विकासलाई टेवा दिने अपेक्षा

Logo
भोजराज घिमिरे आइतबार, माघ १३, २०८१

विराटनगर, माघ १२ – विराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा विराट एक्स्पो २०२५ सुरु भएको छ। विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा आयोजना गरिएको एक्स्पो माघ २० गतेसम्म चल्नेछ। संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक्स्पोको उद्घाटन गर्दै यसले देशको अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गरे।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले पूर्वमा दक्ष जनशक्तिको अभाव र उच्च राजस्व दरका कारण विदेशी लगानी रोकिएको र उद्योगहरू प्रतिस्पर्धामा पछि परेको बताए। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बढी आयात हुने वस्तुहरूमा भन्सार दर वृद्धि गरि स्वदेशी उद्योगलाई आत्मनिर्भर बनाउनुपर्ने धारणा राखे।

विदेशी स्टल र स्थानीय सहभागिता
नेपाल, भारत, बंगलादेश, र पाकिस्तानका २६८ स्टल सहभागी एक्स्पोमा औद्योगिक तथा व्यापारिक सामग्रीको प्रदर्शन र बिक्री भइरहेको छ। उद्योग संगठन मोरङका उपाध्यक्ष एवं एक्स्पो संयोजक भोलेश्वर दुलालका अनुसार कार्यक्रममा मेरो देश मेरै उत्पादन, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, बिजनेस क्लिनिक जस्ता अवधारणाहरू प्रस्तुत गरिएका छन्।

विद्यार्थीहरूलाई सीपमूलक तालिम
विदेश पलायन रोक्न र दक्ष जनशक्ति उत्पादन गर्न एक्स्पोमार्फत २,५०० विद्यार्थीलाई सीपमूलक तालिम दिने योजना बनाइएको छ।

नीति निर्माणमा जोड
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतसँग सिमाना जोडिएको क्षेत्रमा व्यापार प्रवर्द्धन गर्न संघीय सरकारले नीति निर्माण गर्नुपर्ने बताए। विराटनगरका मेयर नागेश कोइरालाले स्वदेशी उद्योगका लागि आवश्यक कच्चा पदार्थ उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए।

सहभागिताले दिने अपेक्षा
विराट एक्स्पोले स्थानीय उद्योगलाई आत्मनिर्भर बनाउँदै आर्थिक विकास, रोजगारी सिर्जना, र विदेशी लगानी आकर्षणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356