सत्तामा धेरै कुरा सेटिङमा चल्दा रहेछन् : अध्यक्ष दाहाल

Logo
Red FM शनिबार, माघ १२, २०८१

दाङ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तामा धेरै कुरा सेटिङमा चल्ने गरेको बताएका छन् । प्रेस सेन्टर दाङले शनिबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले तीन पटक प्रधानमन्त्री हुँदा धेरै कुरा सेटिङमा चल्ने गरेको थाहा पाएको बताए ।

‘धेरै कुरा सेटिङमा चल्ने गरेका रहेछन् ।मैले तीन पटक प्रधानमन्त्री हुँदा यही महसुस गरेको छु, उनले भने,’दलाल, पुँजीवादीहरूको सेटिङमा नै धेरै काम हुन्छन् । त्यही सेटिङबाट नै सरकार ढाल्ने काम हुन्छ ।’

तेस्रो पटक प्रधानमन्त्री हुँदा आफूले गर्न लागेका सुधारका कामले सेटिङमा चल्नेहरूलाई असर परेको र सोही कारणले आफ्नो सत्ता ढलेको उनले बताए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356