चिसोका कारण इटहरीमा विद्यालय बन्द

Logo
Red FM बिहिबार, माघ १०, २०८१

धरान (सुनसरी) । अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको छ ।

केही दिनयता चिसो र शीतलहर बढेपछि यही माघ १० र ११ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख रमेश शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मौसम प्रतिकूल भई शीतलहर तथा अत्यधिक चिसोका कारण विद्यालयमा पठनपाठन गर्न गाह्रो भएकाले बिहीबार र शुक्रबार बिदा दिने निर्णय भएको छ ।”

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356