बलिउड अभिनेता सैफ अली खान छुरा प्रहारबाट घाइते, खतरामुक्त रहेको चिकित्सकको भनाइ

Logo
Red FM शुक्रबार, माघ ०४, २०८१

मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उहाँ सख्त घाइते हुनुभएको छ । उहाँलाई धारिलो हतियारले आक्रमण हुँदा छ ठाउँमा चोट लागेको उहाँको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

अस्पतालले उहाँलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा उहाँको मेरुदण्डनजिकै रहेको जनाएको छ ।

खानको बान्द्रास्थित ’सतगुरु शरण’ भवनको १२ औँ तलामा रहेको निवासमा बिहान करिब २ः४५ बजेतिर एक घुसपैठिया र घरमा काम गर्ने एक महिलाबीच मुठभेड भएपछि छुट्टयाउने क्रममा चोट लागेको बताइएको छ । घटना बिहान करिब २ः४५ बजेतिर भएको थियो ।

बलिउड अभिनेता खानको उपचारमा संलग्न लिलावती अस्पतालको चिकित्सकको टोलीले एक विज्ञप्ति जारी गर्दै उहाँको अवस्था खतरामुक्त रहेको र अहिले उहाँको स्वास्थ्यमा सुधार भइरहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “बलिउड अभिनेता सैफ अली खानको शल्यक्रिया सफल भएको छ । उहाँको स्वास्थ्यको प्रगतिको निगरानी उपचारमा संलग्न चिकित्सकहरूले गरिरहेका छन् ।”

उहाँको परिवारका सबै सदस्य सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

अभिनेता खानमाथि भएको आक्रमणको अनुसन्धान टोलीमा रहेका मुम्बई प्रहरीको ‘डीसीपी जोन ९’ दिक्षित गेदामले घटनाको अनुसन्धान भइरहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “घटनाबारे अनुसन्धान भइरहेको छ । अनुसन्धान भइरहेकोले घटनाबारे अहिले नै विस्तृत विवरण प्राप्त भइसकेको छैन । अनुसन्धानपछि सबै खुल्नेछ ।”

लीलावती अस्पतालका चिफ अपरेटिङ अफिसर (सीओओ) डा. निरज उत्तमानीका अनुसार खानलाई बिहीबार बिहान ३ बजे अस्पताल ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356