

भोजराज घिमिरे नेपाल पत्रकार महासंघको मोरङ जिल्ला कार्य समितिको कोशी प्रदेश परिषद सदस्य पदमा निर्वाचित भए पछि बधाई सन्देशमा नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापा, सूचना तथा सञ्चार विभागका संयोजक बाबुराम कोइराला (बायु), र संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले भोजराज घिमिरेको उज्ज्वल पत्रकारिता जीवनको कामना गरेका छन्। ढिलो भए पनि नेपाली कांग्रेस कोशी प्रदेश का सूचना तथा सञ्चार विभागका स-संयोजक शेखर रेग्मी बाट सम्मान पात्र ग्रहण गर्दै
मोरङ,
नेपाल पत्रकार महासंघको २०८१ मंसिर २८ गते सम्पन्न निर्वाचनमा भोजराज घिमिरे मोरङ जिल्ला कार्य समितिको प्रदेश परिषद सदस्य पदमा निर्वाचित भएका छन्।
यस उपलब्धिका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिको सूचना, सञ्चार तथा प्रचार-प्रसार विभागले बधाई ज्ञापन गर्दै घिमिरेको लोकतान्त्रिक आन्दोलन, सूचनाको हक र नागरिक स्वतन्त्रताका क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरेको छ।
बधाई सन्देशमा नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापा, सूचना तथा सञ्चार विभागका संयोजक बाबुराम कोइराला (बायु), र संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले घिमिरेको उज्ज्वल पत्रकारिता जीवनको कामना गरेका छन्।
उक्त अवसरमा घिमिरेको योगदानलाई ऐतिहासिक र प्रेरणादायी भन्दै उनको नेतृत्वले पत्रकारिताको क्षेत्रमा थप सुधार र सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
नेपाल पत्रकार महासंघको निर्वाचनले पत्रकारिताको क्षेत्रमा नयाँ ऊर्जा र योगदान दिने प्रतिनिधिहरूलाई चयन गरेकोमा यो निर्वाचन विशेष महत्वको रूपमा हेरिएको छ।