दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

Logo
Red FM बुधबार, माघ ०२, २०८१

काठमाडौँ — दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक यओल पक्राउ परेका छन्। युनलाई बुधबार बिहान सुरक्षाकर्मी र भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीहरूले राजधानी सोलस्थित निवासबाट पक्राउ गरेको बीबीसीले जनाएको छ ।

दक्षिण कोरियामा राष्ट्रपति पक्राउ परेको यो पहिलो घटना हो । युन दोस्रो पटकको प्रयासमा पक्राउ परेका हुन् । उनलाई पक्राउ गर्ने यसअघिको सुरक्षाकर्मीको प्रयास असफल भएको थियो । राष्ट्रपतिको सुरक्षा सेवा (पिएसएस)का सुरक्षाकर्मीहरूले पक्राउ गर्न गएका अधिकारीहरूलाई रोकेपछि युन पक्राउ पर्नबाट जोगिएका थिए । त्यसका साथै, उनका समर्थकहरूले पनि पक्राउको लागि अवरोध गरेका थिए ।

बुधबार पनि समर्थकहरूले युनलाई पक्राउ पर्नबाट जोगाउने प्रयास गरेका थिए । भ्रष्टाचार अनुसन्धान कार्यालयले सोधपुछका लागि पटक-पटक बोलाउँदा उपस्थित नभएपछि युनविरूद्ध पश्चिमी सोल जिल्ला अदालतबाट पक्राउको अनुमति लिएको थियो । पक्राउपछि उनलाई भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीहरूले सोधपुछ गरिरहेका बीबीसीले जनाएको छ ।

डिसेम्बरमा ३ युनले अप्रत्यासित रूपमा मार्सल ल लागू गरेपछि उनलाई संसदले निलम्बन गरेको हो । उक्त कदमपछि विपक्षी दलले दर्ता गराएको महाभियोग प्रस्तावमा उनको आफ्नै पार्टीका सांसदहरूले पनि मतदान गरेका थिए । उनको महाभियोगबारे अन्तिम निर्णय संवैधानिक अदालतले गर्न बाँकी छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356