स्काउटमा पदाधिकारीबीच विवाद

Logo
Red FM सोमबार, पुष २९, २०८१

काठमाडौँ — नेपाल स्काउट प्रमुख आयुक्त र कार्यकारी निर्देशकबीचको विवादमा फसेको छ । प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले कार्यकारी निर्देशक रामप्रसाद भट्टराईलाई निलम्बन गरेपछि विवाद सुरु भएको हो ।

रञ्जितले भट्टराईलाई ३ महिनाका लागि निलम्बन गर्दै स्काउट सदस्य अजित लामालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका छन् । मनोमानी निर्णय गरेकाले भट्टराईलाई निलम्बन गर्नुपरेको प्रमुख आयुक्त रञ्जितले बताएका छन् । भट्टराईले भने निलम्बनको पत्र नदिइएको र आफ्नो स्थानमा गैरकर्मचारी नियुक्त गरिएको बताएका छन् ।

भट्टराईले सुरक्षा माग गर्दै युवा तथा खेलकुद मन्त्रालयमा पत्राचार गरेपछि जिल्ला प्रशासन काठमाडौंले स्काउट केन्द्रीय कार्यालय लैनचौरमा शुक्रबारदेखि प्रहरी परिचालन गरेको छ । प्रहरीले कार्यकारी निर्देशकको कार्यकक्ष खाली गराएको छ । आइतबार खेलकुदमन्त्री तथा प्रमुख स्काउट तेजुलाल चौधरीले विवाद समाधान गर्न २४ घण्टाभित्र राष्ट्रिय कार्यकारी समितिको बैठक डाक्न प्रमुख आयुक्तलाई निर्देशन दिएका छन् ।

गत बिहीबार प्रमुख आयुक्त रञ्जितले भट्टराईलाई निलम्बन गरेका हुन् । यसअघि सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएका कारण स्काउट कर्मचारी नियमावलीअनुसार निलम्बन गरिएको रञ्जितको भनाइ छ । भट्टराईले स्काउटलाई दीर्घकालीन आर्थिक दायित्व पर्ने गरी कर्मचारी नियुक्त गरेको, आर्थिक अपचलन गरेर संस्थालाई हानि पुर्‍याएको, पद दुरुपयोग गरी गतिविधि गरेको र अनुमतिबिनै विदेश भ्रमणमा गएकाले छानबिनका लागि निलम्बन गरिएको पत्रमा उल्लेख छ । रञ्जितले निलम्बनको जानकारी स्काउटका संरक्षकसमेत रहेका प्रधानमन्त्री र खेलकुदमन्त्रीलाई पठाएका छन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356