विराटनगरमा प्रहरीलाई ठक्कर दिने खोज्ने स्कार्पियोमा १५५ केजी गाँजा बरामद

Logo
Red FM बिहिबार, पुष १८, २०८१

विराटनगर । भारततर्फ लैजाँदै गरेको अवस्थामा १५५ केजी गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा बुधबार राती १०ः१५ मिनेटमा को १ च ९५८२ नम्बरको स्कार्पियोलाई विराटनगर–१८ भट्टाचोकमा रोक्न खोज्दा प्रहरीलाई नै ठक्कर दिन खोजी भगाएको गाडीलाई जहदा गाउँपालिका १ धुनीबाट नियन्त्रणमा लिइएको हो ।

मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका चिमरियाका अनुसार धरानबाट गाँजा लिएर विराटनगर आईरहेका व्यक्तिको सूचना प्राप्त भएपछि चौतर्फी निगरानी बढाइएको थियो । त्यस क्रममा स्कार्पियोलाई भट्टाचौकमा इलाका प्रहरी कार्यालय बुधनगरको टोलिले रोक्न खोजेको थियो ।

अगाडी बाइक र पछाडी रहेको गाडीले प्रहरीलाई झुक्याएर पूर्वतर्फ भागेपछि सीमा क्षेत्रका सबै यूनिटलाई एकैसाथ परिचालन गरिएको थियो । त्यसपछि जिल्लाबाट प्रहरी नायव उपरीक्षक, इलाका प्रहरी कार्यालय रानी समेतको थप टोलि पचिालन गरेर खोजतलास गर्ने क्रममा जहदा गाउँपालिका १ धुनीमा नियन्त्रणमा लिइएको थियो ।

प्रहरीले गाडीका चालक धरान उपमहानगरपालिका १२ का राहुल बिश्वकर्मा र अर्का धनकुटाको सहिदभुमी गाउँपालिका ६ का १९ वर्षीय सुरज राईलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा १५५ केजी गाँजा समेत बरामद गरेको थियो । गाँजा भेटिएपछि संलग्न दुईजना व्यक्ति, गाडीसहित नियन्त्रणमा लिएर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत मोरङबाट म्याद थप गरि अनुसन्धान थालिएको छ ।
प्रहरीले गाँजा कारोबारमा संलग्न थप व्यक्तिको समेत अनुसन्धान गरिरहेको जानकारी दिएको छ । प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिलाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356