

मोरङ, २७ मंसिर – पत्रकारिता क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका वरिष्ठ पत्रकार भोजराज घिमिरेले नेपाल पत्रकार महासंघ मोरङ शाखाको प्रदेश परिषद सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्।
पत्रकारिता क्षेत्रमा दर्शन दैनिक, नेपाल टाइम्स, नवपथ अनलाइन, मकालु रेडियो, नागरिक दैनिक, रेड एफएम, दमक अनलाइन र इटहरी खबर लगायतका सञ्चार माध्यममा सक्रिय योगदान गर्दै आएका घिमिरेले पत्रकारहरूको व्यावसायिक हक अधिकार र पत्रकारिताको पेशागत धर्म स्थापनाका लागि आफूले निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।
घिमिरेले मतदाताहरूलाई सम्बोधन गर्दै भने, “पत्रकारिताको व्यावसायिक धर्म र कर्मको संरक्षण तथा पत्रकारहरूको हक अधिकारका लागि मैले मेरो तर्फबाट सक्दो प्रयास गरिरहेको छु। मलाई विश्वास छ कि तपाईहरूको अमूल्य मतले मेरो यो अभियानलाई अझ सशक्त बनाउनेछ।”
पत्रकारितामा लामो समयदेखि क्रियाशील घिमिरेले आफ्ना अनुभव र व्यावसायिक कुशलताका आधारमा आफू योग्य उम्मेदवार भएको दाबी गरेका छन्। आगामी निर्वाचनमा उनले मतदाताहरूबाट साथ र सहयोगको अपेक्षा गरेका छन्।
नेपाल पत्रकार महासंघ मोरङ शाखाको प्रदेश परिषद सदस्य निर्वाचन मंसिरको अन्तिम साता सम्पन्न हुने अपेक्षा गरिएको छ।