नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशलाई

Logo
Red FM सोमबार, कार्तिक १९, २०८१

काठमाडौँ । नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बंगलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । यससँगै बङ्गलदेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बंगलादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना पुरा भएन ।

साफको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बन्यो । हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार र बङ्गलादेशसँग दुई पटक पराजित भयो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता भने बङ्गलादेशले लियो । खेलको ५२औँ मिनेटमा बङ्गलादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ५६ औ मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याइन् ।

खेलको ८१ औ मिनेटमा बंगलादेशले अग्रता दोब्बर बनायो । बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः उपाधि बङ्गदेशको पोल्टामा पुग्यो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356