इजराइलले गाजामाथि गम्भीर मानवअधिकार उल्लङ्घन गर्‍योः राष्ट्र सङ्घ

Logo
Red FM शुक्रबार, पुष १३, २०८०

संयुक्त राष्ट्र सङ्घले इजराइलले गाजामाथि गम्भीर मानवअधिकार उल्लङ्घन गरेको आरोप लगाएको छ। राष्ट्र सङ्घले वेस्ट बैँकमा ठूलो सङ्ख्यामा भएको कारबाही, पक्राउ, हत्या र मानवाधिकार उल्लङ्घनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै उक्त दावी गरेको हो।

बीबीसीका अनुसार राष्ट्र सङ्घको प्रतिवेदनमा इजराइललाई वेस्ट बैँकमा प्यालेस्टिनी नागरिकको ‘गैरकानूनी हत्या’ लाई रोक्न आग्रह समेत गरिएको छ।

संयुक्त राष्ट्र सङ्घको मानवअधिकार मामिलाका प्रमुख वोल्कर टर्कले इजराइलद्वारा सैन्य रणनीति, शक्तिको प्रयोग र मानिसहरूको आवागमनमा प्रतिबन्ध लगाउनु दुखद भएको बताए।

संयुक्त राष्ट्र सङ्घले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनमा इजराइलमाथि विभिन्न आरोपहरू लगाइएको छ।

जसमा ठूलो सङ्ख्यामा प्यालेस्टिनी नागरिकको पक्राउ, टर्चर र खराब व्यवहार, सामूहिक सजाय, प्यालेस्टिनी चरुवा समुदाय विस्थापन, आवागमनमा भेदभावपूर्ण प्रतिबन्ध लगायतका इजराइली गतिविधिले समस्या उत्पन्न भएको राष्ट्र सङ्घको प्रतिवेदनमा उल्लेख गरिएको छ।

क्रिसमस जस्तो पर्वको अवसरमा इजराइली सेनाको आक्रमण, सर्वसाधारण नागरिकमाथिको ज्यादतीले मानव समुदाय चिन्तित बनेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356