चौतर्फी विरोधपछि मोरङ व्यापार संघ एक्स्पोको प्रवेश शुल्क फेरी घट्यो, आज जोन एण्ड दी लोकल्सको प्रस्तुती

Logo
Red FM शुक्रबार, पुष १३, २०८०

विराटनगर । मोरङ व्यापार संघ एक्स्पोको प्रवेश शुल्क फेरी घटाइएको छ । चौतर्फी विरोधपछि आयोजक मोरङ व्यापार संघले मेलाको शुल्क घटाएको हो ।

अब प्रवेश शुल्क १०० रुपैयाँनै कायम भएको छ । यसअघि बिहीबार मात्र प्रवेश शुल्क १५० रुपैयाँ तोकिएको थियो । तर, चर्को आलोचनापछि शुल्क घटाइएको हो । गत ६ पुसदेखि सुरु भएको मेला आगामी १६ गतेसम्म सञ्चालन हुनेछ ।

आज शुक्रबार मेलामा आज जोन एण्ड दी लोकल्स, स्याण्डी ब्याड र सदिक्षा कट्टेल सहितका कलाकारको विशेष प्रस्तुती रहेको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356