रतन अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा चर्चित भारतीय उद्यमीमध्येका एक हुन् । उनको नेतृत्वमा १५५ वर्ष पुरानो टाटा ‘साल्ट टु सफ्टवेयर’ समूहका रुपमा स्थापित भयो । टाटा समूह अन्तर्गतका सयभन्दा बढी कम्पनीहरूका उत्पादन विभिन्न क्षेत्रमा फैलिएका छन् । तीमध्ये टाटा मोटर्स र टाटा स्टीललगायत केही अत्यधिक चर्चित छन् ।
दुई दशकको अवधिमा टाटा समूहका कम्पनीमा ६ लाख ५० हजारभन्दा बढी मानिसले रोजगारी पाइसकेका छन् । टाटा समूहअन्तर्गत सयभन्दा बढी देशमा विभिन्न कम्पनी छन् । समूहले वार्षिक रुपमा सय अर्ब अमेरिकी डलरभन्दा बढी रकम कमाएको तथ्यांकहरुले देखाएका छन् ।