लुम्बिनी सरकारले ‘घुमौं लुम्बिनी’ अभियान सुरु गर्ने

Logo
Red FM शुक्रबार, आश्विन ११, २०८१

विराटनगर— विदेशी पर्यटकको सम्भावना र पर्यटनबाटै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेश सरकारले ‘घुमौं लुम्बिनी’ अभियान सञ्चालन गर्ने भएको छ । विश्व पर्यटन दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेशको दीर्घकालीन लक्ष्य पूरा गर्न पर्यटन क्षेत्र महत्त्वपूर्ण आधारस्तम्भ भएको बताएका हुन् ।

पर्यटन प्रवर्धन र विदेशी पर्यटकको बसाइ लम्बाउने विशेष योजनासहित सरकारले प्रदेशका १२ वटै जिल्लामा अभियान सञ्चालन गर्ने पनि उनले बताएका छन् । ‘पर्यटन, न्याय र शान्ति’ भन्ने नाराका साथ यस वर्ष पर्यटन दिवस मनाउन थालिएको छ ।

‘पर्यटनबाटै नागरिकलाई स्वरोजगार बनाउन सकिन्छ । त्यसैले नागरिकको जीवनस्तर उठाउने एउटा आधारका रूपमा प्रदेश सरकारले पर्यटन क्षेत्रलाई लिएको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘स्थानीय उत्पादन बढाउने, त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका वृद्धि गर्दै रोजगारीका नयाँ अवसर सिर्जना गर्न सरकार पूर्ण प्रतिबद्ध छ ।’ त्यही अभियानन्तर्गत ‘घुमौं लुम्बिनी’ कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई १२ जिल्लाका महच्त्वपूर्ण पर्यटकीय स्थलमा पुर्‍याउन लुम्बिनी पर्यटन सर्किट बनाउनेगरी सरकारले काम थालेको मुख्यमन्त्री आचार्यले बताएका छन् । ‘लुम्बिनी भूगोलमा विविधतायुक्त प्रदेश हो । यहाँ हिमाल, पहाड र तराईको सम्मिश्रण छ,’ उनले भनेका छन्, ‘अन्नको भण्डार मानिएको लुम्बिनी प्रदेशले मिनी नेपालको अनभूति दिएको छ ।’

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356